सट्टेबाजी गराएको आरोपमा पक्राउ

55

काठमाडौं । सट्टेबाजी गराएको आरोपमा एक जना युवक पक्राउ परेका छन् ।

अनलाइनमार्फत विभिन्न खेलका निम्ति सट्टेबाजी गराएको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ गरेको हो । प्रतिबन्धित अनलाइन सट्टेबाजी गराउने पाँचथर घर भई ललितपुर बस्ने सुनील राईलाई पक्राउ गरेको हो ।

उनीबाट ५५ करोड बराबरको कारोबार भएको अनुसन्धान कार्यालय स्रोतले जनाएको छ । ‘ठूलो मात्रामा अनलाइन जुवा खेलाएको सूचना छ, हामी अनुसन्धानमै छौं’, कार्यालयका एसएसपी सानुराम भट्टराईले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here