परराष्ट्रमन्त्री डा. आरजु देउवा चीनको छेङ्दुमा

54

काठमाडौं ।  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीनको छेङ्दु पुगेकी छन्।

चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणका लागि उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै छेङ्दु पुगेकी हुन्।

मन्त्री डा. राणालाई छेङ्दुमा चीनको विदेश मन्त्रालयको सिचुआन प्रान्तीय डेपुटी डाइरेक्टर जनरल लि हुछियाङ र चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीले स्वागत गरे।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री डा. राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन्। भेटवार्ता शुक्रबार चीनको छेङ्दु सहरमा नै हुनेछ।

चीनको औपचारिक भ्रमणका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीस्वरूप डा. राणा चीन गएकी हुन्। परराष्ट्रमन्त्री डा. राणा शनिबार नै स्वदेश फर्किनेछिन्।

प्रधानमन्त्री ओलीले यही १७ मंसिरदेखि २० मंसिरसम्म चीन भ्रमण गर्दैछन्। परराष्ट्रमन्त्री डा. राणा स्वदेश फर्किएर प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पुनः सामेल हुनेछिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here