चीनलाई मदन भण्डारी विश्वविद्यालयसँग सहकार्य गर्न प्रधानमन्त्रीको अनुरोध

35

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनलाई मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग सहकार्य गर्न अनुरोध गरेका छन्।

चीनको पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई आज बिहान सम्बोधन गर्दै चीन सरकार र पेकिङ विश्वविद्यालयलाई अनुरोध गरेका हुन्।

उनले सम्बोधनको अन्तिममा भने, ‘म चीन सरकार र पेकिङ विश्वविद्यालयलाई नेपालका मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग शैक्षिक सहकार्यको लागि अनुरोध गर्न चाहन्छु।’

नेपाल र चीन प्राचीन ज्ञानका भूमि रहेको बताउँदै उनले महान् दार्शनिकहरू र ऋषिहरूका शिक्षाले पुस्तौंसम्म प्रेरित गर्दै विश्वभरि धेरै जीवनलाई छुने काम गरेको जनाए।

उनले नेपाल ‘एक चीन नीति’मा दृढ रहेको बताउँदै ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’को पनि प्रशंसा गरे।

चीनले ८० करोड मानिसलाई गरिबीबाट उठाउनु नेपालका लागि प्रेरणादायी विषयसमेत भएको उनले जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here