सीपिआइएमका नेताहरुसँग बामदेव गौतमकाे भेटवार्ता

49

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष क. बामदेव गौतमले आज भारतको नयाँ दिल्लीमा सीपिआइएमका नेताहरुसँग भेटवार्ता गर्नु भएको छ ।

सीपिआइएमका नेताहरु क. बबि र क. जोगिन्दर शर्मासँग गौतमको भेट भएको हो । सीपिआइएमकै पार्टी कार्यालयमा भेट भएको थियो । भेटमा क. गौतमका साथमा क. मदन आचार्य पनि रहनु भएको थियो । भेटका दौरानमा विश्व कम्युनिष्ट आन्दोलन र नेपाल र भारतको कम्युनिष्ट आन्दोलन निराशाजनक अवस्थातिर उन्मुख भएको भएपनि विश्व कम्युनिष्ट आन्दोलनले आशा जगाएको बारे चर्चा भएको थियो ।
नेताहरुबीच विश्वका कम्युनिष्ट पार्टीहरुलाई संगठित गरी विश्वकै कम्युनिष्ट पार्टीहरुलाई एउटै कार्यदिशामा अगाडि बढाउन नेपाल र भारतबाटै भूमिका निर्वाह गर्न सकिनेबारेमा पनि छलफल भएको थियो । छलफलमा सहभागी क. मदन आचार्यका अनुसार सीपिआइएमका महासचिव क. प्रकाश करात पार्टीकामको शिलसिलामा केरलातर्पm जानु भएकोले उहाँसँग भेट हुन सकेन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here