सुन जस्तो देखिने पहेंलो धातु सहित तीन जना पक्राउ

29

काठमाडौं, २४ मंसिर काभ्रे, बनेपा नगरपालिका-१३ साँगा चोकबाट सुन जस्तो देखिने पहेंलो धातु करिब ५ सय ५८ ग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रोशी गाउँपालिका-९ बस्ने ३८ वर्षीय बसन्त लामा र रामेछाप मन्थली नगरपालिका-१ बस्ने २९ वर्षीय अमृत श्रेष्ठ रहेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बीएबी ८६०८ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको सिट मुनी प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको उक्त धातु फेला पारी चालक बसन्त र कारमा सवार अमृतलाई पक्राउ गरेको हो ।

रूपन्देही, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट १ सय ५० ग्राम तौलको सुन जस्तो देखिने पहेंलो धातुको सिक्री सहित लुम्बिनी सांस्कृतिक नगरपालिका-६ बस्ने ३६ वर्षीय जनार्दन गुप्तालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

फ्लाई दुबईको उडानद्वारा दुबईबाट आएका उनलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले उक्त धातु सहित पक्राउ गरेको हो । साथै उक्त कार्यमा संलग्न रहेका शंकास्पद २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here