विभिन्न धनमाल चोरी

11

काठमाडौं । सप्तरी, खडक नगरपालिका-५ खोजपुर बस्ने विरेन्द्र चौधरीको घरबाट नगद ३५ हजार, सुनको गरगहना १ तोला, चाँदीको गरगहना २५ तोला गरी करिब २ लाख रूपैयाँ, सूर्य नारायण चौधरीको घरबाट नगद १ लाख रूपैयाँ, सुन २ तोला र चाँदी ८० तोला गरी करिब ५ लाख रूपैयाँ, जय प्रकाश चौधरीको घरबाट करिब १ लाख ५० हजार रूपैयाँ, रामाकान्त चौधरीको घरबाट ४ आना सुनको गरगहना र जितेन्द्र प्रसाद चौधरीको घरबाट ६ आना सुन समेत गरी पाँच जनाकै घरबाट जम्मा ९ लाख रूपैयाँ बराबरको धनमाल बुधबार राति चोरी भएको छ ।

काठमाडौं, तारकेश्वर नगरपालिका-४ शेषमती सानो पुल नजिक डेरा गरी बस्ने नुवाकोट ककनी गाउँपालिका-१ घर भएकी ४० वर्षीया शर्मिला कार्कीको कोठाबाट नगद तथा सुनका विभिन्न गरगहना गरी करिब २ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here