काठमाडौं । एनसेलले विशेष साप्ताहिक फ्ल्याश सेल्स अफर सञ्चालनमा ल्याएको छ । यसअन्तर्गत ग्राहकले प्रत्येक शनिबार डेटा वा भ्वाइस टकटाइम बोनस पाउन सक्ने कम्पनीले जनाएको छ । मंसिर २२ देखि सुरु भएको यो अफर १३ पुससम्म लागू हुनेछ ।
यो अफर अन्तर्गत ग्राहकले सधैं अन प्याकहरू वा अनलिमिटेड डेटा प्याकहरू खरिद गर्दा बोनस डेटा वा टकटाइम प्राप्त गर्न सक्छन् । प्याकको प्रकारअनुसार १ जीबीदेखि १० जीबी डेटा वा १० देखि १०० मिनेटसम्मको टकटाइम बोनस प्रदान गरिनेछ ।
सधैं अन प्याकहरू रु. ३९९ देखि रु. ९९९ सम्म उपलब्ध छन् । उदाहरणका लागि, रु. ३९९ को प्याकमा ८ जीबी डेटा, ३९९ मिनेट टकटाइम र ३९ ओटा एसएमएससँगै १ जीबी बोनस डेटा प्राप्त गर्न सकिन्छ । यस्तै, रु. १२५ को तीन दिनको अनलिमिटेड डेटा प्याक खरिद गर्दा २० मिनेट अननेट टकटाइम बोनस उपलब्ध हुनेछ ।
एनसेलले यो अफर ग्राहकलाई बिना अतिरिक्त शुल्क थप सेवा प्रदान गर्न र डिजिटल बन्न प्रेरित गर्नका लागि ल्याएको जनाएको छ । सधैं अन प्याकका ग्राहकहरूले आफ्नो बाँकी डेटा भ्वाइसमा वा बाँकी भ्वाइस डेटासँग साट्न सक्ने सुविधा पनि पाउँछन् ।
| प्रोडक्ट | डेटा | टकटाइम | एसएमएस | शुल्क | बोनस | समयसीमा |
| सधैं अन ३९९ | ८ जीबी | ३९९ | ३९ | ३९९ | १ जीबी | २८ दिन |
| सधैं अन ४९९ | १२ जीबी | ४९९ | ४९ | ४९९ | २ जीबी | |
| सधैं अन ५९९ | २० जीबी | ५९९ | ५९ | ५९९ | ३ जीबी | |
| सधैं अन ७९९ | ३० जीबी | अनलिमिटेड | ७९ | ७९९ | ५ जीबी | |
| सधैं अन ९९९ | ५० जीबी | अनलिमिटेड | ९९ | ९९९ | १० जीबी |
*शीर्षक परिवर्तन गरिएको छ ।


















