एसीसी यू–१९ महिला एसिया कपमा नेपालले बंगलादेशलाई ५५ रनको सामान्य लक्ष्य

41

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ महिला एसिया कपमा नेपालले बंगलादेशलाई ५५ रनको सामान्य लक्ष्य दिएको छ।

सुपर फोर अन्तर्गत भएको अन्तिम खेलमा टस हार्दै पहिले ब्याटिङ गरेको नेपालले ११ ओभरमा ८ विकेट गुमाउँदै ५४ रनको स्कोर बनाएको हो।

२० ओभरको खेल भए पनि वर्षातका कारण निर्धारित समयमा खेल हुन नसकेपछि खेलको ओभर घटाइएको थियो। दुवै तर्फको ९/९ ओभर घटाइएपछि ११ ओभरमा पुगेको हो।

नेपालका लागि सावित्री धामीले ११ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। अधिकांश ब्याटर रनआउट भएका थिए।

फाइनल प्रवेशका लागि दुवै टिमका लागि यो खेल अन्तिम हो। आज जित्ने टोली फाइनलमा पुग्नेछ। यसअघि हिजो श्रीलंकासँगको खेल वर्षातका कारण रद्द भएपछि नेपाल र श्रीलंकाले अंक बाँडेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here