उमेरहद लागेमा अहिले नेतृत्वका आकांक्षी अधिकांश दौडबाट बाहिरिने

74

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन अघि बढाउने सहमति भएको छ। असोज १०–१५ सम्म भएको सम्मेलनमा उमेर हदको विवादले उग्र रुप लिएपछि स्थगित भएको थियो।

यसअघि मंसिर २३ र २४ गर्ने भनिएपनि हुन सकेको थिएन। बिहिबार बसेको अध्यक्ष मण्डलको बैठकले २३ औं राष्ट्रिय सम्मेलन स्थगित भएको अवस्थाबाट सुरु गर्ने निर्णय भएको नेतृ पञ्चा सिंहले जानकारी दिइन्।

उनका अनुसार उमेरहदबारे निर्वाचन गर्ने या नगर्नेबारे सम्मेलनको बन्द सत्रमा भएको विवाद समेत हल भएर उमेरहदबारे पनि निर्वाचनद्वारा नै निर्णय गर्ने समझदारी बनेको छ। उनले भनिन्, ‘विद्यार्थी संगठनमा उम्मेरहद लगाउने या नलगाउने र नेतृत्व निर्माण गर्नेबारे अधिकार विद्यार्थी प्रतिनिधिहरुलाई नै भएको कारण पार्टीले छुट्टै निर्णय लिन आवश्यक नरहेको निष्कर्ष निकालेको छ।

बैठकको निर्णय औपचारिक रुपमा सार्वजनिक हुने भन्दै निर्वाचन प्रकृयाबारे निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गर्ने पनि जनाइन्। उमेरहद लागेमा अहिले नेतृत्वका आकांक्षी अधिकांश दौडबाट बाहिरिनेछन्। नेतृत्वका लागि दीपेश पुन, मदन भुल, पवन कार्की, केशव रावल, नरेश रेग्मी, जीपी मैनालीलगायतको दाबी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here