बायोटेक्नोलोजी सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

11

काठमाडाैं । माघ दोस्रो साता काठमाडौंमा बायोटेक्नोलोजी सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ।

बायोटेक्नोलोजी सोसाइटी अफ नेपाल (बीएसएन)ले भारतको एमबीएसआईसँगको सहकार्यमा अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको हो। शिक्षा दिवसका अवसरमा माघ ११ र १२ गते सम्मेलन हुने बीएसएनले जनाएको छ।

बायोटेक्नोलोजीका विभिन्न क्षेत्रमा उद्यमशीलता र नवीनतालाई बढावा दिनका लागि सम्मेलनको आयोजना गरिएको बीएसएनका अध्यक्ष नवीननारायण मुनंकर्मीले बताए। सम्मेलनमा नेपाल र भारतसँगै अन्य मुलुकबाट पनि विषयविज्ञ, अन्वेषक, वैज्ञानिक र विद्यार्थी सहभागी हुने जनाइएको छ।

नेपालमा बायोटेक्नोलोजी क्षेत्रले गर्न सक्ने कामको पहिचान गर्न र त्यस अनुरूप सरोकारवाला पक्षलाई नीतिनियम बनाउन सघाउने पनि उद्देश्य छ। सम्मेलनमा कृषि, स्वास्थ्य, औषधि र उद्योग क्षेत्रमा विज्ञानको प्रभावकारी भूमिकाबारे कार्यपत्र प्रस्तुत गरिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here