‘मखमली’ युट्युब ट्रेन्डिङको म्युजिक सेक्सनको एक नम्बरमा

74

काठमाडौं । चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ युट्युब ट्रेन्डिङको म्युजिक सेक्सनको एक नम्बरमा आइपुगेको छ । रिलिजको दुई दिनपछि ‘मखमली’ युट्युब ट्रेन्डिङको म्युजिक सेक्सनको एक नम्बरमा आइपुगेको हो ।

गीतमा सुजन चापागाईँ र सुनिता थेगिमको स्वर छ । हर्क साउदको शब्द रचना र गायक चापागाईँकै संगीत रहेको छ ।

‘मखमली’ गीतले चलचित्रका अभिनेता विपीन कार्की र अभिनेत्री मिरुना मगरबीचको अव्यक्त प्रेमलाई देखाएको छ ।

वि.सं. २०८२ वैशाख २६ गते रिलिज हुने चलचित्रमा विपीन कार्की, मिरुना मगर, सुनील पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बूलगायत कलाकारको अभिनय रहनेछ ।

चलचित्रलाई नवीन चौहानले निर्देशन गरेका छन् ।

 

NIBL
प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १६:०३

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here