‘हरामी हुन् मन छ’ बोलको गीत सार्वजनिक

60
काठमाडौं। ‘हरामी हुन् मन छ’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा राजन श्रेष्ठको स्वर रहेको छ भने डम्बर विकलले लेखेका छन्। गीतलाई रिमेश कुमार थापाले संगीतबद्ध गरेका छन्। नेपमेलो र टौवा स्टुडिओको संयुक्त प्रस्तुतिमा निर्माण भएको यस गीतले प्रेम, संघर्ष र पहिचानका गहिरा भावनाहरूलाई समेटेको छ।
गीतको म्युजिक भिडियोमा अभिनेता पुष्प खड्का र अभिनेत्री एलिसा शर्माले अभिनय गरेका छन्। शान थापाको लेखन र निर्देशनमा बनेको भिडियोले प्रेमकथामार्फत दर्शकलाई मनोरञ्जन दिने प्रयास गरेको छ। भिडियोमा पुष्प खड्काले प्रेमिकालाई नाच्दै फकाउने प्रयास गरेको दृश्य समेटिएको छ, जसले प्रेममा आकर्षण र उत्साह प्रस्तुत गर्दछ।
भिडियोका कार्यकारी निर्माता बिशाल कार्की हुन् भने छायांकन बुद्ध थापाले गरेका छन्। भिडियो सम्पादन बिबेक सुनारले गरेका हुन्।
‘हरामी हुन् मन छ’ बोलको गीत नेपमेलोको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। यो गीतले दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।

https://youtu.be/21dI4xTbOcQ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here