दुर्गा प्रसाईं धरौटीमा रिहा

51
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र उनका सहयोगी हरिचन्द्र फुयाल धरौटीमा रिहा भएका छन्।
नेपाल राष्ट्र बैंकका उच्च अधिकृतहरू र व्यवसायीलाई धम्की दिएको आरोपमा पक्राउ परेका प्रसाईं र फुयाँल धरौटीमा आज रिहा भएका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) का प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले दुवै जनालाई जनही तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
अदालतको आदेशपछि दुवै जना धरौटी बुझाएर रिहा भएका हुन्। प्रसाईंसहित तीनजनाविरुद्ध आपराधिक लाभ र सङ्गठित कसुरको मुद्दा दायर भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here