पृथ्वी शालिकसम्म एकता र्‍याली

19

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपाल दुवैले पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसमा महेन्द्र शालिकदेखि पृथ्वी शालिकसम्म एकता र्‍याली भएको छ । राप्रपाले पुस २७ गते राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीको दिन धुमधामसँग दिवस मनाउने निर्णय र र्याली निकाल्ने निर्णय यसअघि नै गरिसकेको छ ।

राप्रपाले निकाल्ने उक्त र्यालीप्मा अध्यक्ष राजेन्द्र लिङ्देनदेखि पूर्व अध्यक्ष पशुपति शमसेर जबरा वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीलगायतका शीर्ष नेता पनि सहभागी हुनेछन् । राप्रपाले भोलि नै काठमाडौंमा चियापान समारोहको आयोजना गर्दैछ ।

चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विभिन्न राजनीतिक दलका अध्यक्ष तथा नेताहरू, पूर्व प्रधानमन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, विदेशी कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विभिन्न पेशागत संघसंस्थाका प्रमुख, कलाकार, खेलाडीलगायत सामाजिक जीवनका विभिन्न व्यक्तिलाई निमन्त्रणा पठाएको राप्रपाले जनाएको छ ।

राप्रपाले भोलिको चियापान कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष निम्तो दिएको छ । बिहीबार साँझ राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र शुक्रबार बिहान राप्रपा नेपालका अध्यक्ष कमल थापा दुवैले ओलीलाई भेटेर चियापानमा आउन निम्तो दिएका छन् । ओलीले पनि आउने बचन दिएको बताईएको छ ।

राप्रपाले गत वर्षपछि धुमधामसँग पृथ्वी जयन्ती मनाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीदेखि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसम्म उक्त चियापान कार्यक्रममा पुगेका थिए । प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले ०७९ सालको पृथ्वी जयन्तीमा सार्वजनिक बिदासमेत दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here