हलिउडमा अवार्ड समारोहको माहोल शुरू

44

काठमाडाैं । सन् २०२५ को शुरूआतसँगै हलिउडमा अवार्ड समारोहको माहोल शुरू भएको छ। नेपाली समय अनुसार क्यालिफोर्नियामा सोमवार बिहान ८२औं गोल्डेन ग्लोब अवार्ड सम्पन्न भएको छ।

चलचित्र तथा टेलिभिजन क्षेत्रका विभिन्न विधामा उत्कृष्ट काम गर्नेलाई प्रदान गरिने अवार्डमा यस वर्ष फ्रान्सेली चलचित्र इमिलिया पेरेजले उत्कृष्ट म्युजिकल अर कमेडी, सर्वोत्कृष्ट गैर अंग्रेजी फिल्म, अभिनेत्री र ओरिजनसंग गरि चार विधाको अवार्ड जितेको छ। यो चलचित्रले शल्यक्रियामार्फत लिंग परिवर्तन गर्ने एक लागूऔषध कारोबारी गिरोहको मालिककोे कथा भन्छ।

त्यस्तै युद्धपछिको आप्रवासी अनुभव दर्साउने फिल्म द ब्रुटालिस्टले सर्वोत्कृष्ट फिल्म र ड्रामासहित तीन विधा जित्यो। यो चलचित्रबाट निर्देशक ब्राडी कोर्बेटले सर्वश्रेष्ठ निर्देशक र एड्रियन ब्रोडीले अभिनेताको अवार्ड चुम्न सफल भयाे ।

पिटर स्टाफनले कन्क्लाभबाट पटकथा, ट्रेन्ट रेजनार र याट्युज रोजले ओरिजिनल स्कोरको अवार्ड चुम्दा जापानको सामन्ती अवस्थाको कथा भन्ने चलचित्रसोगुनले उत्कृष्ट टिभी ड्रामा, यसैबाट हिरोयुकी सानाडाले अभिनेता, अन्न सवाईले अभिनेत्री, टाडानोबू असानोले सह अभिनेतासहित टेलिभिजनतर्फका चार पुरस्कार जितेको छ।

त्यस्तै फेर्नान्डा टोरेजले आइ एम स्टिल हेयरबाट उत्कृष्ट अभिनेत्री ड्रामाको अवार्ड जितिन् भने टेलिभिजन सिरिजअन्र्तगत कोलिन फेरेलले द पेन्गुइनबाट अभिनेता, जोडाई फोस्टरले ट्र डिडेक्टिभ नाईट कन्ट्रीबाट अभिनेत्री, बेबी रिइन्डरबाट जेसिका गनिङले सह अभिनेत्रीको अवार्ड चुमिन्। एनिमेटड फिल्मतर्फ भने फिल्म फ्लो उत्कृष्ट ठहरियो।

त्यस्तै चलचित्र विक्डले सिनेम्याटिक एण्ड बक्स अफिस अचिभमेन्ट, फर्नान्ज टोरेजले आइ एम स्टिल हेएरबाट अभिनेत्रीको अवार्ड चुमिन्। ह्याक्सलले म्युजिकल अर कमेडीको अवार्ड जित्दा डेमि मोरे र जेरीमी अलेन ह्वाईटले द बीएरबाट र सेबास्टियन स्टानले अ डिफ्रेन्ट म्यानबाट म्युजिकल अर कमेडीतर्फ अभिनेताको अवार्ड चुमे भने अलि ओङले अलि ओङ सिंगल लेडीबाट स्ट्याण्ड अप कमेडीको अवार्ड चुमिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here