जानकी मन्दिर प्राङ्गणमा एक लाख २५ हजार दीप प्रज्वलन

50

जनकपुरधाम । भारतको अयोध्यामा भएको श्रीराम मन्दिर प्राण प्रतिष्ठाको पहिलो वर्षगाँठको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा दीपोत्सव गरिएको छ।

हिन्दुवादी सङ्घसंस्थाले आज जानकी मन्दिर प्राङ्गणमा एक लाख २५ हजार दीप प्रज्वलन गरेको हो।

मन्दिरमा दीपोत्सव समारोहमा ठूलो संख्यामा नगरवासी उपस्थित छन्। उनीहरु जय श्रीरामको नारा लगाएका छन्। कार्यक्रममा जनकपुरधाम बासीको उल्लेखनीय उपस्थिति देखिएको छ ।

भगवान् श्रीरामको जन्मभूमि अयोध्यामा लामो सङ्घर्षपछि मन्दिर निर्माण भयो भने  गतवर्ष प्राण प्रतिष्ठा भएको  दिन पनि जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन गरिएको थियो। त्यसकै सम्झनामा जनकपुरधाममा पहिलो वर्षगाँठ मनाइएको छ।

यस्तै पर्साको वीरगन्जस्थित गहवामाई मन्दिरमा २ हजार एक सय दीप प्रज्वलन गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here