रबिविरुद्धको थुनछेक बहस सुरु

47

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ । जिल्ला अदालत काठमाडौंमा आइतबार बिहान ८ः३० मा पुगेका लामिछानेको बयान सकिएसँगै उनीविरुद्धको थुनछेक बहस सुरु भएको छ ।

लामिछानेका तर्फबाट पूर्वमहान्यायाधिवक्ताद्वय रमनकुमार श्रेष्ठ र सुशील पन्तले बहस गर्ने क्रम जारी छ । सुर्यदर्शन सहकारी प्रकरणमा जिल्ला अदालत कास्कीबाट धरौटीमा रिहा भएपछि शुक्रबार उनी काठमाडौँ आएका थिए ।

काठमाडौंमा उनलाई कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोप लगाउँदै मुद्दा दायर गरिएको छ । जिल्ला प्रहरी कार्यालय काठमाडौँको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनी लगायत  ३९ जना विरुद्ध मुद्दा दायर गरेको थियो ।

सोही मुद्दामा लामिछानेको बयान सकिएपछि थुनछेक बहस जारी छ । सो प्रक्रिया समेत सकिएपछि उनको मुद्दामाथि आदेश हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here