पार्ट टाईम वर्क सम्बन्धि ‘पिटिई वर्क एप’ सञ्चालनमा

48

काठमाडौं । पार्टटाईम रुपमा सेवा दिने र सेवा लिनेहरुको लागि आपसी सहमतिमा काम गर्न पार्ट टाईम वर्क सम्बन्धि ‘पिटिई वर्क एप’ सञ्चालनमा आएको छ । यो एपको काठमाडौंमा शुक्रबार शुभरम्भ गरियो । पार्ट टाईम कामदार र सेवा ग्राहीको लागि यो विश्वकै पहिलो एपको रुपमा आएको छ ।

क्वीक वर्क प्रा.लि.ले यो एप डेभलप गरेको हो । यो एप डाउलोनड गरेर रजिस्ट्रेसन गरेपछि हाललाई करिब ३२ वटा काम यो एप मार्फत गर्न र गराउन पाईने भएको छ । नेपाल भरीको लागि शुभारम्भ गरिएको यो एपले नेपालमा विज्ञ तथा अर्धविज्ञ पेशका व्यक्ति एवम् कामदारले चाहेको समयमा अब काम पाउने छन् । आफुले चाहेका काममा कामदार तथा पेशाविज्ञबाट ग्राहक तत्कालै सेवा लिन पनि सक्ने भएका छन् ।

यो पेशगत व्यबसाय तथा कार्य सुविधाको लागि स्थापना गरिएको हो । यसमा सेवाग्राही र सेवा प्रदायकबीच नै आपसी समझदारीमा पारिश्रमिक तय हुनेछ । सुरुमा यसमा सेवादिने व्यक्ति अर्थात सेवा प्रदायक व्यक्तिले एप तथा प्लेस्टोरमा गएर पिटिई एप डाउनलोड गर्नु पर्ने हुन्छ । यसरी एप डाउनलोड गरेपछि सो एपमा आफ्नो कार्य विज्ञताको कगतपत्र राखेर रजिस्ट्रेसन गर्नु पर्नेछ । यसरी एप डाउनलोडपछि दर्ता भएको सेवाप्रदायकको एपमा कम्पनीको नियम अनुसार सँख्या पुगेर सेवा ग्राहीको माग आउन थालेपछि यो सेवा सुरु हुनेछ । यसरी सुरु भएको सेवा नेपाल भरी पु¥याउने लक्ष्य क्वीक वर्क प्रा.लि.को रहेको छ ।

हुन पनि नेपालमा विज्ञ तथा अर्धविज्ञ पेशगत व्यक्ति एवम् कामदारले चाहेको समयमा काम नपाउने र त्यो सेवा लिने व्यक्तिले भनेको बेला सेवा नपाउने समस्या छ । यसरी सेवा लिने र दिनेलाई तत्कालै जोड्नको लागि नेपालमा यो एप सञ्चालनमा ल्याईएको हो । यस्तो एप अहिलेसम्म कतै पनि नभएको दावी पनि दशरथको रहेको छ । यो एप आएपछि कामको समानता हुने, कोही खाली बस्नु पर्ने र कसैमा अत्याधिक कामको चाप हुने समस्या समाधान भएर जाने पनि एप सञ्चालक दशरथले बताएका छन् । जसका कारण काममा सहजता हुनुका साथै बेरोजगारीको समस्या पनि धेरै हल हुने तथा आफुले चाहेको बेला आफ्नो सिप अनुसारको काम जसले पनि गर्न सक्ने सुविधा यो एपले दिलाउँने पनि उले प्रष्ट पारे ।

हाल यो एपलाई पहिलो चरणमा निःशुल्क रुपमा डाउनलोड गर्न सकिने छ । सुरुमा पिटिई वर्क एपमा ३२ वटा सेवाहरु सुचिकृत गरिएको छ । यो एपले एक वर्ष भित्र बजारको माग अनुसार सेवाहरु थप्दै जाने छ । यो एपको लागि हाललाई अभिनेता एवम् मोडल प्रवण भुसाल र गायिका एवम् अभिनेत्री सरिता भारती ब्रान्ड एम्बेस्डरको रुपमा रहेका छन् । नेपालमा यो एप्सले धेरै बेरोजागारी समस्यालाई हल गर्ने विश्वास आफुहरुले लिएको ब्रान्ड एम्बेस्डर द्धय प्रवण भुसाल र सरिता भारतीले जनाए । यो एपले नेपालमै धेरै रोजागरी सृजना गर्ने र युवा युवतीहरुलाई विदेश जाने क्रम घटाउने पनि प्रवण र सरिताले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here