खो खो विश्वकपको पुरुषतर्फ पहिलो खेलमा नेपाल भारतसँग पराजित

66

काठमाडौं । छिमेकी देश भारतमा पहिलो पटक आयोजना भएको खो खो विश्वकपको पुरुषतर्फ पहिलो खेलमा नेपाल भारतसँग प्रतिस्पर्धात्मक खेलमा पराजित हुन बाध्य भएकाे छ ।

नयाँ दिल्लीस्थित इन्धिरा गान्धी इन्डोर हलमा सोमबार राती भएको उद्घाटन खेलमा नेपाल भारतसँग ४२-३७ ले पराजित भएको हो ।

पहिलो पटक आयोजना भइरहेको खो खो विश्वकपको उद्घाटन खेलमै नेपालले घरेलु टोली भारत विरुद्ध सानदार प्रदर्शन गरेको थियो । तर जितसम्म भने पुग्न सकेन । समूह ए मा रहेको नेपालले दोस्रो खेल मंगलबार पेरुसँग खेल्नेछ ।

भारतले पहिलो सबै ४२ अंक अट्याकबाट जोड्दा नेपालले ३६ अंक अट्याकबाट र १ अंक डिफेण्डबाट जोडेको थियो ।

पहिलो टर्नमा अट्याक गरेको भारतले २४ अंक जोडेको थियो । त्यसपछि टर्न टु मा नेपालले अट्याक गर्दै २० अंक जोड्यो । टर्न थ्री मा भारतले अट्याकबाट १८ अंक जोड्दा नेपालले डिफेण्डबाट १ अंक जोडेको थियो । टर्न फोरमा नेपालले अट्याकबाट १८ अंक जोडेको थियो ।

उद्घाटन खेलअघि भव्य उद्घाटन समारोह भएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here