सरकारले मधेश प्रदेशमा मन्त्रीलाई हटाउने

52

काठमाडौं । मधेश प्रदेशमा नेपाली कांग्रेसबाट मन्त्री बनेकालाई प्रदेश सरकारले हटाउने तयारी गरेको छ।

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कांग्रेसका मन्त्रीहरुलाई हटाउने तयारी गरेका स्रोतले जनाएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई बर्खास्त गरेपछि राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेसका मन्त्रीलाई हटाउन लागेका हुन्।

कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह छन्।

उनीहरुलाई मुख्यमन्त्री राउतले फोन गरी राजीनामा दिन भनेको स्रोतले जनाएको छ। राजीनामा नदिए शुक्रबार उनीहरुलाई पदमुक्त गर्ने मुख्यमन्त्री राउतको तयारी छ।

बिहीबार साँझ सत्ता गठबन्धन घटक दलहरु नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका ६ मन्त्री र २ राज्यमन्त्री सबैलाई बर्खास्त गर्ने तयारी गरे पनि त्यसमा जनता समाजवादी पार्टी (जसपा)ले पुनर्विचार गरी कांग्रेसका मन्त्री हटाउने निष्कर्षमा पुगेको बताइएको छ ।
नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका मन्त्रीहरुलाई राजीनामा दिन मुख्यमन्त्री राउतले भनेका छैनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here