क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

14
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर सूर्यविनायक नगरपालिका-८ बस्ने पर्वत मोदी गाउँपालिका-५ घर भएका ३३ वर्षीय चुडामणी रखाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
चुडामणीले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ८५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर सूर्यविनायक नगरपालिका-२ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
यसका साथै बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर गोदावरी नगरपालिका-५ बस्ने ५७ वर्षीय देव रमन डंगोललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।    जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-५ लगनखेल दक्षिणकाली चोकबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here