संसद बिघटनले मलाई पिरोलेको छैन भनेर मैले भन्दा तपाईंलाई चित्त दुख्ला !

97

— लेखराज रेग्मी

मैले संसद बिघटनले मलाई पिरोल्दैन भनिहालेमा मेरा धेरै मित्रहरुको चित्त दुख्छ । तर म यही नै भन्न रुचाउने छु । हामीले २०६२÷६३ को आन्दोलनका उपलव्धिको जगेर्नाको कुरा ग¥यौं । आन्दोलनमा लागेको लाभांसको बाँडफाँड मात्रै ध्याउन्न बनाएर नेतृत्वलाई पाखुरा देखाउनेको ’पौरख’ र गलत सूचना बोकेर टाउको कन्याउनेको ’इमान’ को मोलतोल मात्रै राजनैतिक बिजिनेस बनिरह्यो । कुनै पार्टी वा कुनै गुटमा कुनै नेतालाई देश र जनताबारे सोच्न समय, मौसम र अनुकुलता कहिल्यै प्राप्त रहेन ।

हामी जुनसुकै ट्रेडमार्क बोकौं बिरासतका टप्पा लगाएर उभियौं, नारा र एजेण्डाको चर्चा ग¥यौं, दम्भ अहंकार र आत्मकेन्द्रित हुने बाहेक केही गरेनांै, लालफितासाही अराजकता र अहंकार हाम्रो सांस्कृतिक पहिचान बन्यो, माथिदेखि तलसम्म यही नै देखियो । एकजना बर्ग प्रतिवद्ध इमान्दार स्वाभिमानी कुन कार्यकर्ता यी सबै फोहरको डङ्गुर बोकेर तपाईहरुको चाकडीमा दिन बिताउन सक्ला ? दृष्टिकोण, बिचार र राजनैतिक लक्ष बुझेको कुन कार्यकर्ता यस्तो फोहोरको थुप्रोमा आराम संग निदाउन सक्ला ? अपमान लाञ्छना र पक्षपातपूर्ण ब्यवहारलाई सहेर आत्मसमर्पण गर्न कस्ले सक्ला ? उसको लागि यो वा त्यो दुर्घटना स्वाभाविक महशुस हुनु कसरी गलत होला ?

कार्यकारण संवन्धका हिसाबले सकारात्मक अपेक्षा संभव नरहेका सवालप्रति कुनै आशा र अपेक्षा रहदैन, जुन गुटले जित्दा पनि माक्र्सवाद, समाजवाद र सर्वहारा वर्गले हार्नै पर्ने हो भने त लडाईको त्यस्तो मोर्चा जोगाउनु र जिताउनुको के औचित्य रहला ? त्यसैले मलाई पिरोल्दैन भन्न सकिने र भन्नै पर्ने भएको छ । तर यसबारे म कसैसंग गुनासो गर्ने पक्षमा छैन ।

रह्यो पार्टीलाई जनताले बिश्वास गरेर दिएको दुई तिहाई मतको कुरा ! यसलाई निजी र गुटगत लाभ बाहेक कुन अर्थमा स्वीकारियो र ? आजको घटनामा चित्त दुखाउनु पर्ने भन्ने नै हो । यसरी कसले, कस्लाई र कसरी पछार्यो, धोका दियो वा नोक्सान गर्यो भन्ने बहस निरर्थक हुन्छ । बास्तवमा जनताले धोका पाउन धेरैपहिलेदेखि सुरु भएको र यसबारे बहस चलिरहेको छ । बहुमतको सरकार बनेपछि आफ्नै ईज्जत र अस्तित्वका लागि तथा निन्तरताका लागि थोरै पनि केही गरेर प्रतिस्पर्धिहरुसंग आफ्नो भिन्नता देखाउन खोज्नेछन् र थोरै सकारात्मक काम हुनेछन् भन्ने अपेक्षा बढेको पाईएको थियो । तर घटनाक्रमले पार्टी नेतृत्व फेरिनु सरकारको नेतृत्व बदल्नु वा बिभाजन र बिघटन गर्नुको परिणाम जनभावनाको अपमान नै हुने देखिएकै हो । मिल्नु वा बिभाजन हुनुको उस्तै परिणाम ब्यहोर्ने जनताले एकताको वा बिभाजनको पक्ष बिपक्ष रोज्ने कुरा हुदैन नै !

बाह्य तत्व र पश्चगामी शक्तिहरुको रोकथामका लागि थोरै मात्र भए पनि काम आउने आशा पनि पछिल्ला गतिविधिले बाँकी रहेन नै । महाधिवेशनको परिणामका पुर्वानुमान समेत सकारात्मक देखिन छोडिसकेका थिए । आत्मनिर्भर अर्थतन्त्र, राष्ट्रिय स्वाभिमान, सार्वभौम संप्रभुताका सपना पनि एमसीसी, पाठ्यपुस्तक, परराष्ट्र संबन्धमा अभिब्यक्त धारणा र ब्यवहार, कोरोना नियन्त्रण, ठेक्कापट्टा, राष्ट्रिय गौरवका आयोजना र जनसरोकारका सवालमा देखिने भागबण्डा र लुछाचुंडी सबैले आशा भरोसाका सबै ठाउँ भत्किएको स्थितिमा घटेको यो घटना एक्लौटी गर्ने आकांक्षा र खोसिने त्रासको कारणले घटेको छ ।
त्यसैले यतिबेला संबिधान ट्रयाकआउट हुने फासिवादी अभ्यास बढ्ने र बिदेशी हस्तक्षेप खुलै प्रवेश गर्ने सवालमा थप अनुकूलता र अन्दोलनको छरपष्ट स्थितिका कारण आउने समस्याहरुलाई पछि धकेल्न चुनौतिपूर्ण हुनेछ भन्ने चिन्ता हो । राजनैतिक, सांस्कृतिक तथा आर्थिक आधारमा समाज रुपान्तरणको मुद्दाले बर्गीय आधारमा निकास पाउन लडिने लडाई फरक सवाल हो, तर त्यसको यो घटनाससंग पनि तात्कालिक तादात्म्य मिल्नु पर्छ । माक्र्सवादीहरु सबै आन्दÞोलनहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्न पछि पर्दैनन् । त्यसैले बेसरोकार बन्दैनन् । हामीले भित्रिपार्टी संघर्ष र बर्ग संघर्षमा आफ्नोे भूमिका पहिचान र निर्वाह गर्ने कुरा हुन्छ, तर यो स्वाभाविक परिणामप्रति पिडीत र चिन्तित हुनु आवश्यक छैन । — फेसबुकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here