आज पनि केहि जाहेरवालाका तर्फका अधिवक्ताहरुल बहस गर्ने छन् भने त्यसपछि रवि लामिछानेका तर्फबाट बहस हुने छ । आजै जवाफ बहस समेत सकिएको अवस्थामा थुनछेक आदेश आउने सम्भावना रहेको एक अधिवक्ताले जनाए ।
यस्तै लामिछानेका तर्फबाट भने वरिष्ठ अधिवक्ता तथा पूर्वन्यायाधिवक्ताद्वय सुशिल पन्त, रमन श्रेष्ठ तथा वरिष्ठ अधिवक्ता नारायण घिमिरे, अधिवक्ता डा नारायणदत्त कँडेल, राजेन्द्र सेढाँई लगायतले बहस गर्ने छन् ।
स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । लामिछानेविरुद्ध ५ करोड ८ लाख बिगो दाबी गर्दै सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरिएको छ । स्वर्णलक्ष्मी ठगी प्रकरणका दुई अभियुक्त भने यसअघि नै धरौटीमा छुटिसकेका छन्।


















