काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन प्रतिशत शून्य रहेको पाइएको छ ।
शुक्रबार प्रतिनिधिसभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा आयोगका सदस्य मिहीर ठाकुरले यस्तो जानकारी गराएका हुन् ।
आयोगका अध्यक्ष तपबहादुर मगरले पनि सिफारिस कार्यान्वयन अवस्था कमजोर रहेको बताएका थिए ।
उनका अनुसार आयोगको अन्तर्राष्ट्रिय श्रेणी घटुवासम्मको विषय आएको र आयोगका सिफारिस कार्यान्वयन लगायत समयानुकूल संशोधन गर्ने गरी तीन महिना अगाडि नै विधेयक सरकारलाई बुझाइएको छ ।


















