सुनसरी । देवानगंज गाउँपालिका-५ पालटोलबाट अवैध लागूऔषध गाँजा करिब २८ किलोग्राम मंगलबार राति प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय साहेबगंज र सशस्त्र प्रहरी बल नेपाल समेतबाट खटिएको प्रहरीलाई देख्नासाथ नेपालबाट भारततर्फ पैदल जाँदै गरेका अपरिचित व्यक्तिले बोरा फाली फरार भएपश्चात बोरा तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।
प्रहरीले हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















