२४ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा रक्तदान

60

तेह्रथुम। सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गुल्म हेडक्वाटर म्याङलुङ तेह्रथुमले २४ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा तेह्रथुममा रक्तदान कार्यक्रम गरेको छ।

सुरक्षा निकायले सुरक्षाको साथसाथै सामाजिक उत्तरदायित्वलाई पनि ध्यान दिँदै दिवसको अवसरमा सशस्त्र प्रहरीले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

जिल्ला रेडक्रस सोसाइटी तेह्रथुमको समन्वयमा आयोजना भएको रक्तदान कार्यक्रममा ६४ जना सहभागी भएका छन्। रगतको अभावलाई परिपूर्ति गर्न आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ पिन्ट रगत सङ्कलन भएको सशस्त्र प्रहरी नायब उपरीक्षक किरण प्रकाश खत्रीले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here