चीनद्वारा ‘नयाँ उपग्रह समूह’ अन्तरिक्षमा प्रशिक्षण

36

ताइयुवान । चीनले उत्तरी चीनको साङ्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट बिहीबार ‘नयाँ उपग्रह समूह’ अन्तरिक्षमा पठाएको छ।

आठ उपग्रहहरूको यो समूहले ‘स्पेससेल कन्स्टेलेसन’ गठन गर्नेछ। स्पेससेल कन्स्टेलेसन अन्तरिक्षयानको एउटा समूह हो, जसले सूर्यको प्रकाशको शक्ति प्रयोग गरेर अन्तरिक्षमा यात्रा गर्न सहयोग गर्दछ। उक्त प्रक्षेपण दिउँसो १ः१५ मा गरिएको थियो।

प्रक्षेपण लङ मार्च क्यारियर रकेट शृङ्खलाको ५५७औँ उडान मिसन हो। साङ्घाई एकेडेमी अफ स्पेसफ्लाइट टेक्नोलोजीद्वारा विकसित रकेटलाई अक्सिजन र केरोसिन प्रोपेलेन्टको साथ इन्धन गरिएको थियो, जुन प्रदूषणमुक्त छ।

रकेट निर्माताका अनुसार सन् २०२५ मा १० भन्दा बढी अन्तरिक्ष प्रक्षेपण कार्यक्रम हुनेछ। स्पेससेल एक चिनियाँ उपग्रह ‘मेगा कन्स्टेलेसन’ हो। यसले सन् २०२४ अगस्ट ६ मा व्यावसायिक नेटवर्कको निर्माण सुरु गरेको थियो। रासस/सिन्ह्वा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here