यौन दुर्व्यवहार गरेकोमा मदन राई दोषी ठहर

24

काठमाडौं । आफैंले खोलेको ‘शुभद्रा मदन फाउन्डेसन’ मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेकोमा जिल्ला अदालत खोटाङले मदन राईलाई दोषी ठहर गरेको छ।

जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालले राईलाई माघ १० गते बाल यौन दुरूपयोगमा दोषी ठहर गरेको सूचना अधिकारी सुदीप भट्टराईले जानकारी दिए।

दोषी राई कृषि विज्ञका रूपमा पनि परिचित छन्।

यौन दुरूपयोगमा दोषी ठहर भएका राईलाई इजलासले माघ २५ गते कति सजाय दिने भनेर निर्धारण गर्नेछ। २०८० जेठ २१ गते सरकारी वकिलको कार्यालय खोटाङले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।

उनीविरूद्ध बालबालिका ऐनको दफा ६६ को उपदफा ३ बमोजिम विभिन्न कसुर गरेको भन्दै सजायको मागदाबी गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here