ताप्लेजुङमा अनिश्चितकालिन यातायात बन्द

42

काठमाडौं । पाथीभरा मुक्कुम्लुङ क्षेत्रको केबलकार निर्माण विरोधमा पहिचान पक्षधर र नो केबलकार पक्षधरले गरेको अनिश्चितकालिन यातायात बन्दका कारण ताप्लेजुङमा यातायात ठप्प बनेको छ।

बन्दका कारण मंगलबार बिहानदेखि मेची राजमार्ग र ताप्लेजुङ, पाँचथर, इलाम लगायत तमोर करिडोर र तेह्रथुमका सबै यातायात सेवा ठप्प भएका छन्। सुरक्षा कर्मी र आन्दोलनकर्मीको उपस्थिती विभिन्न स्थानमा देखिएको छ।

केबलकार निर्माण खारेज गर्न, सैन्यकरण फिर्ता गर्न र पक्राउ परेका आन्दोलनकर्मीको बिनासर्त रिहाइको माग गर्दै अनिश्चितकालिन बन्द आह्वान गरिएको हो। आन्दोलनकारीले ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले सार्वजनिक माफी माग्नुपर्ने पनि माग गरेका छन्।

शनिबार, पाथीभरा क्षेत्रको बालुडाँडामा प्रहरीको गोली लागेर नो केबलकार समूहका तीन जना गम्भीर घाइते भएका थिए। गोली चलाइएकाले शान्तिपूर्ण प्रदर्शन गर्ने समूहले अनिश्चितकालिन बन्दको आह्वान गर्न बाध्य भएको संघर्षरत पक्षका श्री लिङखिमले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here