काठमाडौं । काठमाडौंको दरवारमार्गस्थित मधुशाला गीत गजलले आफ्नो १४औं वार्षिकोत्सवलाई संगीतमय शैलीमा मनाएको छ ।
शनिवार राति ११ बजेपछि लोकप्रिय संगीतकर्मी राजनराज सिवाकोटी तथा गायिका मिलन नेवारको जोडीले करिव तीन घण्टासम्म आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गरेर उपस्थित पाहुनाहरुलाई मनोरञ्जन प्रदान गरे ।


















