खल्तीका सेवाहरू २ दिन अस्थायी रूपमा बन्द गर्ने निर्णय

59

काठमाडौं । खल्तीले आज (माघ १७) राति ९ बजे देखि माघ १८ गते बिहान ४ बजेसम्म आफ्नो सेवाहरू अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ।

यो निर्णय खल्तीको प्रणालीमा सुधार र माइग्रेशनको लागि गरिएको हो। यस सुधारको उद्देश्य ग्राहकहरूलाई अझ प्रभावकारी, सुरक्षित र द्रुत सेवा प्रदान गर्नु हो। सेवा बन्द रहने अवधिमा ग्राहकहरूले मोबाइल रिचार्ज, बिल भुक्तानी, वालेट ट्रान्ज्याक्सन लगायतका सामान्य सेवाहरू प्रयोग गर्न सक्ने छैनन्।

यस प्रणाली स्तरोन्नतिको प्रक्रिया ग्राहकहरूको सेवा अनुभवलाई अझ सुधार्ने र सुविधाजनक बनाउने लक्ष्यमा केन्द्रित रहेको छ। खल्तीले यस असुविधाको लागि ग्राहकहरूलाई माफी माग्दै, आगामी सुधारपछि थप प्रगति र सुविधा सुनिश्चित गर्न प्रतिबद्ध रहेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here