काठमाडौं । आउने फागुन ११ गतेदेखि ‘केपी ओली’कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।
नेकपा एमाले सम्बद्ध युवा संघ नेपालको आयोजनामा हुने प्रतियोगिता ११ फागुन देखि फागुन १९ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगितामा अखिल नेपाल फटबल संघ (एन्फा) द्वारा सूचीकृत ‘ए’ डिभिजनका तथा विदेशीहरू गरी १० वटा टीमहरू सहभागी हुने आयोगक युवा संघले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।
प्रतियोगिताको क्वाटर फाइनलसम्मका खेलहरू एन्फा कम्प्लेक्स सातदोबाटो, लतिपुरमा हुनेछन् भने सेमी फाइनल र फाइनल खेल दशरथ रंगशाला, त्रिपुरेश्वर, काठमाडौँमा हुनेछन्।
आयोजकका अनुसार प्रतियोगिताको प्रथम हुनेलाई टीमलाई नगद १५ लाख ११ हजार एक सय ११ रुपैयाँ, द्वितीय हुनेलाई रु पाँच लाख रुपैयाँ, ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कार रहेको छ।
त्यस्तै हरेक खेल विजेता टीमलाई रु २५ हजार नगद प्रदान गरिने पनि आयोजकले जानकारी दिएको छ।
केपी ओली कप वि.सं.२०७९ सालदेखि हुँदै आएको छ।


















