२४ अर्बले सेयर धितो कर्जा बढ्याे

53

काठमाडौं । ठुला सेयर लगानीकर्ताले मार्जिन प्रकृतिको सेयर धितो कर्जा बढाउँदा करिब २४ अर्बले सेयर धितो कर्जा बढेको छ । चालु आर्थिक वर्ष ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरूले २३ अर्ब ६८ करोड ३५ लाख रुपैयाँ सेयर धितो कर्जा लगानी गरेका छन् ।

 बैंकहरुले गत असारको तुलनामा सेयर धितोमा लगानी गरेको रकम २६.३ प्रतिशतले धेरै हो । असार मसान्तसम्म ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ सेयर धितोमा ऋण लगानी गरेका बैंकहरुले पुससम्म १ खर्ब १३ अर्ब ७७ करोड रुपैयाँ पुऱ्याएका हुन् । बैंकबाट ऋण लिएर सेयर किन्ने ठुला लगानीकर्ताको संख्या बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार ६ महिनामा १ करोडभन्दा बढीको कर्जा ३४.९ प्रतिशतले वृद्धि भएको छ । यस वर्ष १ करोडमाथिको सेयर धितो कर्जा १९ अर्ब ५१ करोड २२ लाख रुपैयाँ प्रवाह भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here