निरोगी बनाउने काममा लागिपर्न सबैलाई आग्रह

7

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी बनाउने काममा लागिपर्न सबैलाई आग्रह गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियान शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो जनाएका हुन्।

निरोगी बन्ने कुारामा बढी प्राथमिकता दिन सके अस्पताल खासै धेरै आवश्यक नपर्ने उनको भनाइ छ। ‘रुघा लागेपछि ट्याबलेट दिने काम डाक्टरको हो, रुघा लाग्नभन्दा अगाडि स्वस्थ राख्ने काम सबैको हो। त्यसैले निरोगी रहनतर्फ ध्यान दिए अस्पताल धेरै चाहिँदैन’, उनले भने।

महिला सम्बन्धी र जटिल खालका रोगका लागि अस्पताल आवश्यक भएको बताउँदै सबै खालका रोगका लागि अस्पताल जानै पर्ने अवस्था नरहने उनको जिकिर छ। उनले थपे,’महिलाको प्रजनन्  स्वास्थ तथा जटिल आकस्मिक समस्याका लागि हस्पिटल जानै पर्छ । तर अन्य बेला नगए पनि हुन्छ। हस्पिटल चाहिन्छ। तर धेरै नभए हुन्छ। आरोग्य केन्द्रहरू धेरै हुनुपर्छ। बिरामी नपर्ने कुरा ज्यादै महत्त्वपूर्ण छ।’

साथै उनले परीक्षित प्रभावकारी औषधि र दक्ष एवम् अनुभवि डाक्टर सबै अस्पतालमा हुनुपर्नेमा समेत जोड दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here