वेचन झाले दायर गरेको मुद्दाको पेसी तोकिए

4

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतको आदेशले थुनामा रहेका वेचन झाले दायर गरेको मुद्दाको पेसी तोकिएको छ।

उक्त मुद्दा न्यायाधीशद्धय नहकुल सुवेदी र नृपध्वज निरौलाको इजलासमा पेसी तोकिएको हो ।

झा  पूरक अभियोगपत्रबाट शरणार्थी प्रकरणमा जोडिएका थिए। पहिलो अभियोग पत्र दायर हुनुअघि भएको अनुसन्धानमा उनी फरार रहेका थिए । पछि भारतबाट पक्राउ गरी ल्याउँदै सरकारले जिल्ला अदालत काठमाडौँमा पूरक अभियोग पत्र दर्ता गराएको थियो ।

उक्त अभियोगमा जिल्लाले पुर्पक्षका लागि थुनामा पठाएको थियो । त्यसविरुद्ध झा सुरुमा उच्च अदालत पाटन पुगे । पाटनले पनि जिल्लाकै सदर गरेपछि उनी माघ २ गते  सर्वोच्च अदालत पुगेका थिए ।  झाले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका हुन् । झाको हकमा माघ ३ गते पहिलो सुनुवाइ हुँदै सर्वोच्चबाट कारण देखाऊ आदेश जारी भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here