काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले पछिल्लो समय प्रविधिको विकासले सबैभन्दा चाँडो सूचना प्रवाह हुने प्रविधि सामाजिक सञ्जाल नै हुन पुगेको बताएका छन् ।
बुधबार अनलाईन टि.भी पत्रकार संघ नेपालको वार्षिकोत्सव समारोहमा बोल्दै सांसद खनालले इन्टरनेटको पहुँच विस्तार हुन थालेसँगै सामाजिक सञ्जालहरुको पनि विकास तीव्र गतिमा हुन थालेको बताएका हुन् ।
उनले भने, ‘पछिल्लो समय प्रविधिको विकास तीव्र गतिमा भैइरहेको छ । ईन्टरनेटको पहुँच विस्तार हुन थालेसँगै कम्प्युटरका माध्यमहरु र सामाजिक सञ्जालहरुको पनि विकास तीव्र गतिमा हुन थालेको छ । लामो समयदेखी सूचनाको नियन्त्रण सिमित वर्गमा मात्र हुन्थ्यो । पत्रपत्रिकाबाट सुरु भएको सञ्चार माध्यमको विकास रेडियो टेलिभिजनसम्म आइपुग्दा पनि पहुँच कम नै थियो । तर पछिल्लो समय प्रविधिको विकासले सबै भन्दा चाँडो सूचना प्रवाह हुने प्रविधि सामाजिक सञ्जाल नै हुन पुगेको छ ।’

















