बाढीपहिरोले भत्काएका सडकहरू कसरी निर्माण गरिन्छन् भन्ने प्रश्न

63
काठमाडाैं । नेपाली कांग्रेसका सांसद गगन थापाले बाढीपहिरोले भत्काएका सडकहरू कसरी निर्माण गरिन्छन् भन्ने प्रश्न गरेका छन्।

हिउँदमा ती सडक मर्मतका काम नभएकोतर्फ लक्ष्य गर्दै बिहीबारको प्रतिनिधि सभामा कांग्रेस महामन्त्री थापाले भने, ‘४१ वटा सडकखण्ड पुनर्निर्माण गर्न २५ अर्ब चाहिन्छ, सरकारले बजेटमा जम्मा २१ अर्ब छुट्याएको छ। पैसा कहाँबाट ल्याउने भन्ने सरकारले सोचेको छ? बर्खामा बाटोहरू कसरी बन्छन्?’

जाजरकोटको भूकम्प, असोजको बाढी र यसका बारेमा भइरहेका कामलगायत विषयमा सरकारले सदनलाई जानकारी गराउनुपर्ने उनले बताए।

जाजरकोटको भूकम्पबाट करिब ९२ हजार घर पुनर्निर्माण गर्नुपर्ने आकलन गरिएको थियो। गत असोजमा आएको बाढीका प्रभावितमध्ये कतिपयले अझै पनि पहिलो किस्ताको अनुदान पाउन नसकेको उनको भनाइ थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here