काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार २७ सयमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ११.६४ अंक घटेको छ । सो कमीपछि नेप्से २६९९ अंकमा कायम भएको छ ।
दिनभरको कारोबारमा १२ : ०५ बजे नेप्से परिसूचक २७२० अंकसम्म पुगे पनि टिक्न सकेन । बजार घट्दा कारोबार रकम बढेको छ । अघिल्लो दिन ८ अर्ब ९५ करोडको कारोबार भएकोमा आज ९ अर्ब २४ करोडको भयो । ७४ कम्पनीको मूल्य बढ्दा १६० को घट्यो भने ९ को स्थिर रहेकाे छ ।
उपकार लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशत घट्यो । भूगोल इनर्जीको ७.८९, रावा इनर्जीको ४.७ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा साहस ऊर्जा, नेपाल पुनर्बीमा कम्पनी, बरुण हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर र युनाइटेड मोदी हाइड्रोपावर क्रमशः अगाडि रहे ।

















