रवि लामिछानेलाई फसाईहाल्ने कसरतमा छः प्रचण्ड

25

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको सरकार प्रतिशोध लिनुपर्यो भनेमात्रै बलियो देखिएको बताएका छन् ।

उनले भने,‘सरकार बलियो त्यतिखेर देखिन्छ, जतिवेला यसले राजनीतिक प्रतिशोध लिनुपर्ने हुन्छ । त्यसको सबभन्दा ठूलो उदाहरण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हुनुहुन्छ । सहकारीबाट पैसा ल्याउन प्रत्यक्ष कहीँ नजोडिएको आज उहाँलाई देशको सबभन्दा ठूलो सहकारी ठगको रुपमा देशभरि दौडाईँदैछ । हिजो उहाँलाई ठूलो ठूलो अफर गरेका उहाँहरु आज न्यायपालिकालाई धम्काएर भएपनि फसाईछाड्ने कसरतमा हुनुहुन्छ । त्यसको लागि सिंगो राज्यको दुरुपयोग भएको छ ।’

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै प्रचण्डले रवि लामिछानेलाई अदालतबाट धरौटीमा रिहा भैसकेपछि सांसदबाट निलम्बन कति न्यायपूर्ण र संविधानसम्मत् छ भन्ने कुरा पूर्नसमिक्षा गरिनुपर्ने माग गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here