विराटनगर । दुई दिन आइतबार र सोमबारको वार्ता र छलफलबाट कुनै निष्कर्ष ननिस्किएपछि पाथीभरामा निर्माणाधीन केबलकारको विरोध गर्दै पुनः आन्दोलन घोषणा गरेकाे छ ।
उनीहरूले केबलकारको विरोध गर्दै आएका मुक्कुमलुङ ताङ्सेःप चुम्भोका ११ संस्था र १० वटा अन्तर्दलीय राजनीतिक पार्टीले संयुक्त रूपमा आन्दोलनको घोषणा गरेका हुन् ।
यस्तै केबलकारको सम्झौता खारेजीका लागि कोशी प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाउने, प्रदर्शन गर्ने पनि उनीहरूले तय गरेका छन् । त्यसपछि अनिश्चितकालीन यातायात बन्द र आमहड्ताल गर्ने उल्लेख गरिएकाे छ ।
पाथीभरामा केबलकार निर्माण सुरु भएपछि विरोधमा उत्रने क्रममा गत माघ १२ गते प्रहरीसँग झडप भएको थियो । झडपका क्रममा प्रहरीको गोली लागेर दुई जना घाइते भएका थिए । काठमाडौंमा उनीहरूको उपचार भइरहेको छ ।
साेको विरोधमा आन्दोलनरत पक्षले कोशी प्रदेशमा आमहड्ताल गरेको थियो । जनजीवन प्रभावित भएपछि सरकारले वार्ता टोली गठन गरेको थियो । सरकार पक्ष वार्तामा इमानदार नभएको उनीहरूको दाबी छ ।
यस्ताे छ विज्ञप्ती




















