चापागाउँमा प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

66

ललितपुर-ललितपुर महानगरपालिका-१५ चापागाउँ दोबाटोबाट डिउटीमा खटिएको प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने रामेछाप मन्थली नगरपालिका-१३ घर भएका ३० वर्षीय अभिजोल काफ्ले समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ट्राफिक प्रहरी कार्यालय सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरु सवार बा.९३ प ६२८ नम्बरको मोटरसाइकलमा जाँच गर्ने क्रममा उक्त नगद दिई आर्थिक प्रलोभनमा पार्न खोजे पश्चात उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here