उपमेयर डंगोल दशैंलक्षित बजार अनुगमनमा

64

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले दशैंलक्षित बजार अनुगमन गरेकी छिन्। उपेमयर डंगोलसहित महानगरको बजार व्यवस्थापन विभागका कर्मचारीले मंगलबार बिहान टुकुचास्थित तरकारी बजार, खाद्यान्न र मासु पसलको अनुगमन गरेको हो। टोलीले सामानको बिल, सामानको उत्पादन मिति लगायतको जाँच गरेको हो। ​उममेयर सुनिता डंगोलले बजार अनुगमन नियमित हुने बताइन्। उनले अखाद्य वस्तु बिक्री गरे हतकडी समेत लगाउने चेतावनी दिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here