पालिका प्रमुखहरूलाई विज्ञसहित राखेर प्रशिक्षण दिन लागे

56

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीले जितेका पालिका प्रमुखहरूलाई विज्ञसहित राखेर प्रशिक्षण दिन लागेको जनाएका छन्।

मालिका गाउँपालिका गुल्मीको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीले जितेका पालिकाबाट नै समाजवादउन्मुख कार्यक्रम अघि सार्ने जनाएका हुन्।

उनले भने, ‘१२३ वटै पालिका प्रमुख, उपप्रमुखसहित पार्टी नेताहरूलाई केही दिनमै काठमाडौंमा बोलाएर प्रशिक्षण दिँदैछौं। त्यहाँ समाजवादउन्मुख अर्थतन्त्र आ-आफ्नो विशेषता अनुसारको विज्ञ र विशेषज्ञसहितको तालिम दिएपछि हाम्रो नेतृत्वमा रहेका सबै पालिकाहरुले जनताको मन छुने र समृद्धिको यात्रालाई गति दिनेछन्।’

उनले माओवादीले जितेको पालिकाहरूमा राम्रो काम भइरहेको दाबी गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here