संविधान संशोधन गर्न गृहकार्य अघि बढाउन कार्यदल बनाउने

58

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र एमालेबीच संविधान संशोधनका लागि आवश्यक गृहकार्य अघि बढाउन कार्यदल बनाउने सहमति भएको छ।

सत्तारुढ दलहरुबीच बसेको बालुवाटार बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री रमेश लेखकले उच्चस्तरीय राजनीतिक संयन्त्रमा कार्यदल बनाउने सहमति भइसकेको जनाए ।

हिजो संयन्त्रको बैठक बसेको थियो । बैठकबारे उनले भने, ‘संविधान संशोधन गर्न कार्यदल बनाउन उच्चस्तरीय राजनीतिक संयन्त्रमा सहमति भइसकेका छौं । दुवै पार्टीले आआफ्नो तर्फबाट नाम दिन्छौं र कार्यदलले काम गर्छ ।’

उनले संविधान संशोधनको काम चरणबद्ध हुने भएकाले सबै दलहरुबीच सहमतिको वातावरण बनाएर अघि बढ्ने बताए ।

उनले थपे, ‘संविधान संशोधन भोलि बिहान नै गर्छौं भन्ने काम होइन। हामी चरणबद्ध रुपमा काम गर्छौ। संविधानको सबल र दुर्वल पक्ष पहिचान गर्ने, कहाँ कहाँ परिमार्जन गर्न आवश्यक छ, त्यसको पहिचान गर्ने र अरु दलहरुसँग सहमतिको वातावरण बनाएर अघि बढाउँछौं। ‘

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here