काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगितामा ९ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
दुई विदेशीसहित ९ टोलीले तेस्रो संस्करणको प्रतियोगिता खेल्ने आयोजक राष्ट्रिय युवा संघले जनाएको छ । प्रतियोगिता फागुन ११ देखि १९ गतेसम्म काठमाडौं र ललितपुरमा हुँदैछ ।
प्रतियोगिताको टाई सिट केही दिनमा सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको क्वार्टरफाइनल खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदान र सेमिफाइल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताका विजेताले १५ लाख ११ हजार ११ हजार १११ तथा उपविजेताले पाँच लाख रुपैयाँसहित ट्रफी पाउनेछन् । यस्तै प्रतियोगिताकै उत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन् ।
मछिन्द्रले यसअघि भएको दुवै संस्कणको उपाधि जितेको थियो ।



















