कामपाले जथाभावी फोहोर फालेको भन्दै जरिवाना तिरायाे

62

काठमाडाैं । काठमाडौं महानगरपालिकाले रातिको समयमा जथाभावी फोहोर फालेको भन्दै पाँच जनालाई जरिवाना तिराएको छ ।

महानगरपालिकाले तोकिएको समय र स्थानमा फोहोर नफाली रात्रिकालीन समयमा जथाभावी फोहोर फ्याँकेको भन्दै उनीहरूलाई जरिवाना तिराइएको छ ।

प्रतिव्यक्ति पाँच हजारका दरले उनीहरूबाट २५ हजार रूपैयाँ जरिवाना असुल गरिएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले सफा र व्यवस्थित शहर निर्माणका लागि ‘फोहोर उचित स्थानमा, उचित समयमा’ भन्ने नीति लागू गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here