नेपालमाथि उल्टो प्रहार

17

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले नेपालमाथि उल्टो प्रहार भएको जनाएका छन्। नव निर्वाचित अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रमको अभिव्यक्तिमाथि टिप्पणी गर्दै आइतबारको संसद्‌ बैठकमा बास्कोटाले यस्तो जनाएका हुन्।

‘अमेरिकाले लामो समयदेखि नेपाललाई सहयोग गर्दै आयो। आफ्ना एजेन्सी, दूतावासमार्फत र सरकारमार्फत। हामीले त्यसलाई स्वीकार गर्‍यौँ’, उनले भने ‘तर आज हामी फ्रड (ठग) बनेका छौँ। बनाइएका छौँ। यो उल्टो प्रहार सुरु भएको छ। जसले नेपालको राष्ट्रिय स्वाधिनता र यसको अन्तराष्ट्रि य छविमाथि पनि आँच लिएर आएको छ। गहिरो चोट लागेको छ।’

उनले ठग्ने काम हामीले गरेको कि अमेरिकाले गरेको भन्दै प्रश्न गरे। बास्कोटाले अब सहयोग लिनेबेलामा कुन लिने र कुन नलिने भन्ने कुरा प्रष्ट पार्नुपर्ने जनाए।

सहयोगले जनतामा के परिवर्तन ल्याउँछ भन्नेतर्फ ध्यान दिनुपर्ने जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here