काठमाडौं । यस बर्षकाे दण्डपाणि-नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार अधिवक्ता एवम् मानव अधिकारकर्मी मोहना अन्सारीलाई प्रदान गरिने भएको छ ।
दण्डपाणि अर्ज्याल स्मृति केन्द्रको कार्यसमितिको बैठकले सो निर्णय गरेको महासचिव कपिलचन्द्र खनालले जानकारी दिए ।
यसभन्दा अघि इतिहासविद् ज्ञानमणि नेपाल, साहित्यकार मदनमणि दीक्षित, संस्कृतिविद् सत्यमोहन जोशी, इतिहासकार तुलसीराम वैद्य , इतिहासकार दिनेशराज पन्त , साहित्यकार डा. मोदनाथ प्रश्रित, शिक्षासेवी प्रा.डा. सुरेशराज शर्मा लगायतले उक्त पुरस्कार पाएका थिए ।
गोरखामा जन्मिएका दण्डपाणि अर्ज्याल इतिहास ,ज्योतिष शास्त्र र संस्कृतिका अध्येता थिए । उनी र उनकी पत्नीको नाममा पुरस्कार स्थापना गरिएको हो ।


















