मृत अवस्थामा फेला

32

काठमाडौं । संखुवासभा, खाँदबारी नगरपालिका-९ सालघारीमा भोजपुर षडानन्द गाउँपालिका- १२ घर भएका ६२ वर्षीय राम कुमार कुमाल आइतबार मृत अवस्थामा फेला परेका छन् ।

मोरङ, उर्लाबारी नगरपालिका-९ छिन्ताङने टोल बस्ने ४९ वर्षीय नरेन्द्र लावती लिम्बु सोही ठाउँस्थित घरको प्यासेजमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

पर्सा, वीरगंज महानगरपालिका-२८ जगरनाथपुरस्थित भेडा खोलामा सोही महानगरपालिका-२७ बस्ने १९ वर्षीय बिशाल राउत आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here