आज नेप्से परिसूचक दोहोरो अंकले घट्याे

62

काठमाडौं । आज पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। गत साताको सोमबारदेखि परिसूचक निरन्तर रूपमा घटिरहेको छ। यसदिन नेप्से परिसूचक २०.६८ अंकले घटेर २७५१.४२ अंकमा झरेको छ।

३११ स्क्रिप्सको १ करोड ५० लाख ९४ हजार ९१५ कित्ता सेयर ८ अर्ब ३७ करोड ८० लाख ५५ हजार ५७ रुपैयाँमा खरिदबिक्री भयो। नेप्से परिसूचक घटे तापनि नेस्डो समृद्ध लघुवित्त, गार्डियन र वीन नेपाल लघुवित्तका लगानीकर्ताले कमाएका छन्।

कारोबार रकमका आधारमा नेपाल रिइन्सुरेन्स कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ७३ करोड ५० लाख बढीको सेयर कारोबार भयो। आज अन्य समूहका सूचकबाहेक सबैको घटेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here